आश्विन २१, २०७४
जर्मनीको अटोमोबाइल्स कम्पनी बीएमडब्लूले बनाएको बीएमडब्लू—७ निमेन मार्कस मोटरसाइकललाई अहिलेसम्मकै सबैभन्दा महँगो मोटरसाइकल मानिएको छ ।
जम्मा ४५ थान निर्माण गरिएको यो मोटरसाइकललाई अमेरिकामा लिलाम बढाबढका आधारमा पहिलो पटक बिक्री गर्दा तीमध्ये एउटा मोटरसाइकलले १ करोड १० लाख अमेरिकी डलर मूल्य पाएको थियो । यो मूल्य अमेरिकामा बिक्री हुने अन्य महँगा मोटरसाइकलको तुलनामा १ सय गुणा बढी हो । बीएमडब्लू कम्पनीले त्यसपछि यो सिरिजको कुनै मोटरसाइकल निर्माण गरेको छैन ।