साप्ताहिक संवाददाता
गत सेप्टेम्बर २७ देखि अक्टोबर ६ तारिखसम्म फिलिपिन्सको मनिला र इलोकसमा सम्पन्न भएको मिष्टर ग्राण्ड इन्टरनेसनलको उपाधि नेपालका तर्फबाट सहभागि भएका दिक्पाल कार्कीले आफ्नो पोल्टामा पार्न सफल भएका छन् । पुरुषको सुन्दरता, बौद्धिकता र प्रतिभा सम्बन्धीत अन्तर्राष्ट्रिय उक्त प्रतियोगितामा उनले सोसल मिडिया स्टार तथा पिपल्स च्वाइस अवार्डमा विजेता भएका हुन् ।
उनले टप फिफ्टीन सम्मको यात्रा पनि तय गरे । मिष्टर ग्राण्ड इन्टरनेसनल २०१७ को उपाधि भने अष्ट्रेलियाका माइकल एन्जेलो स्काइलासले जित्न सफल भए । प्रतियोगितामा थाइल्याण्डका रचाता हाम्फानन् फस्ट रनर अप, भियतनामका नुगेन थाइन डाट सेकेन्ड रनर अप, जर्मनीका हामिड नुर थर्ड रनर अप तथा फिलिपिन्सका जोसुवा रेजिनाल्ड बनाटिन फोर्थ रनर अपका रुपमा चयन भएका थिए ।
६ फिट अग्लो जिउडालका धनी २८ वर्षिय दिक्पाल कार्की मिष्टर ग्राण्ड इन्टरनेसनलमा विश्व अन्य दुई दर्जन भन्दा बढी मुलुकका प्रतियोगिहरु संग प्रतिस्पर्धा गर्ने छन् । यस अघि २०१६ मा थाइल्याण्डमा संचालन भएको मिष्टर ग्लोबलमा नेपालको सहभागिता जनाई उत्कृष्ट दशको स्थानमा पर्न सफल दिक्पाल व्यसायिक मोडल हुनुका साथै चलचित्र अभिनेता पनि हुन् । सन् २००९ मा मिष्टर काठमाडौंको उपाधि विजेता बनेका दिक्पाल २०१२ को म्यानहन्ट इन्टरनेसनल नेपाल प्रतियोगिताका फस्ट रनर अप बनेका थिए । उनले मिष्टर नेपाल २०१७ को कोरियोग्राफरको भूमिका निर्वाह गरेका हुन् ।
दिक्पालको मिष्टर ग्राण्ड इन्टरनेसनलका लागि संयोजन र व्यवस्थापन ड्रिम सर्च मोडल एजेन्सीले गरेको हो । दिक्पाल प्रतियोगिताको विभिन्न चरणमा डिजाइनहरु मन्जु बन्जारा ढकाल, कमल मानन्धर, मनिश राई, लाजिमा सुब्बा, लक्ष्मी गिरी लगायतकाको पहिरनमा प्रस्तुत भएका थिए ।