साप्ताहिक संवाददाता
आश्विन २३, २०७४
गोली लागि घाइते भएका निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै रहेका गौचनलाई मोटरसाइकलमा आएका २ जनाले गोलीहानेका थिए ।
गोली लागे लगत्तै उनलाई उपचारका लागि काठमाडौंको नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचारका लागि लगिएको थियो । सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
उनको पेटमा २ गोली लागेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले काठमाडौंको उपत्यकाको चेकजाँचमा समेत कडाइ गरेको छ ।