साप्ताहिक संवाददाता
आश्विन २४, २०७४
रियो फर्निनाण्ड तथा क्रिष्टियानो रोनाल्डो सन् २००९ अघि म्यानचेस्टर युनाइटेडबाट सँगै खेल्थे । फर्निनाण्ड हालै क्रिष्टियानोलाई भेट्न म्याड्रिडस्थित उनकै घर पुगेका थिए जहाँ उनीहरूबीच भविष्यका केही रमाइला योजनासम्बन्धी कुराकानी भयो । यसबीच घरकै मैदानमा रोनाल्डोले आफ्नो छोराको प्रतिभा कस्तो छ भनेर फर्निनाण्डलाई देखाउन चाहे ।
बाबु जस्तै फ्रि किकमा पारंगत हुँदै गएका क्रिष्टियानो जुनियर डिफेण्डर फर्निनाण्डविरुद्ध गोल गर्न सफल समेत भए । ७ वर्षीय भतिजको प्रतिभाबाट फर्निनाण्ड पनि निकै प्रभावित भए । उक्त क्षणलाई नाइक कम्पनीले आफ्नो अफिसियल भिडियोका रूपमा प्रस्तुत गर्न लागेको छ ।