आश्विन २६, २०७४
सैफ अली खान तथा अमृता सिंहकी छोरी सारा अलि खान पनि बलिउड भित्रिएकी छिन् । साराले अभिषेक कपुरको चलचित्र केदारनाथमार्फत बलिउडमा पदार्पण गर्न लागेकी हुन् । उक्त चलचित्रमा अभिनेता सुशान्त सिंह राजपूतले साराको जोडीका रूपमा अभिनय गरिरहेका छन् ।
हालै छायांकन प्रारम्भ भएको उक्त चलचित्रमा साराको भूमिका महत्वपूर्ण रहेको बताइन्छ । यद्यपि स्टार परिवारकी यी सदस्यले छायांकनस्थलमा समेत स्टारडम देखाउन थालेको बताइन्छ । उनले आफ्नो लुकमा विशेष ध्यान दिइरहेकी छिन् ।
आफ्नो मेकअप तथा पहिरनप्रति निकै सचेत सारा सटका लागि तयार हुन समेत समय लिइरहेकी छिन् । केदारनाथ हिन्दू तथा मुस्मिलको प्रेमकथामा आधारित छ, जसमा सुशान्तले मुस्लिम युवक तथा साराले हिन्दू युवतीको भूमिका निर्वाह गरिरहेका छन् ।