साप्ताहिक संवाददाता
आश्विन २७, २०७४
दक्षिण कोरियाको बुसानस्थित छाङ्गवनमा सम्पन्न माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिभलमा विभिन्न १४ देशका चित्रसँगै नेपाली चित्रकलासमेत प्रदर्शन भएको छ । प्रदर्शनीमा नेपालको परिवेश दर्साउने चित्रहरू प्रदर्शन भएको आयोजक किम्हे माइग्रेन्ट हाउसका यज्ञराज सुवेदीले जानकारी दिए ।
२९ सेप्टेम्बरदेखि एक साता चलेको उक्त प्रदर्शनीमा दक्षिण कोरियामै कार्यरत कलाकार आर राई तथा एल विक्रम सहभागी भएका थिए ।
बबरमहलमा पानी चित्र
बबरमहलस्थित आर्ट काउन्सिलमा इन्टरनेसनल वाटर कलर सोसाइटी नेपालले आयोजना गरेको दोस्रो वार्षिक चित्रकला प्रदर्शनीमा नेपालको चित्रण गरिएको छ । ३८ जना कलाकारको सहभागिता रहेको उक्त प्रदर्शनीमा ४० भन्दा बढी चित्र समावेश छन् । प्रदर्शनी आज शुक्रबारसम्म चल्नेछ ।