साप्ताहिक संवाददाता
सुबिन भट्टराईको विचारसँग सहमत छु (युवा मन : कमजोरी) । संसारमा त्यस्ता महान् व्यक्तिहरू छन् जसले आफ्नो कमजोरीलाई नै प्रयोग गरेर प्रसिद्धि कमाएका छन् । आफ्ना कमजोर पक्षलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा यो लेखबाट सिकिन्छ ।
- कमल वली
विदेश गएर दोस्रो दर्जाको नागरिक हुनुभन्दा स्वदेशमै व्यवसाय गर्नु उचित हो (खुल्यो डिभी लोटरी) । नेपालमै पनि राम्रो कमाइ गर्न सकिने प्रशस्त ठाउँ छन् । नेपालमै नाम–दाम कमाएका प्रशस्त व्यक्ति फेला पार्न सकिन्छ ।
- केशव थापा
मिस हङकङ नेपालको उपाधि जित्न सफल भएकोमा सुस्मिता लिम्बूलाई बधाई छ (मिस हङकङ नेपाल) । बाहिरी सुन्दरता मात्र होइन, भित्री सुन्दरता पनि विकास गर्न सक्नुहोस् ।
- अन्जना काफ्ले
जुनसुकै कार्यक्रम भए पनि त्यसको लक्ष्य समाजसेवा हुनुपर्छ (जीवनशैली फेसन शो) । थोरै भए पनि सबैले योगदान दिने हो भने समाज परिवर्तन गर्न सकिन्छ ।
- सुमन बाबु
नयाँ पुस्ताका निर्देशक सुलक्षण भारतीको नाटक लाटीको छोरोले धेरैको मन जितिसकेको छ (यात्रा सन्दर्भ : लाटीको छोरो) । यसैगरी हरेक क्षेत्रमा नयाँ–नयाँ प्रतिभा उदाउनु जरुरी छ ।
- कर्मा
शर्मिला गुरुङजस्तै व्यक्तिहरूले यस्ता घटना कम गर्न सघाउन सक्छन् (अन्तरवार्ता : सार्वजनिक सवारीमा यौनजन्य हिंसा बढ्दो छ), यस्ता घटनामा कमी ल्याउन सम्भव छ । सबैले नियम–कानुनको पालना गर्नुपर्यो ।
- अमेन्द्र
राम्रो सुविधा रहेछ (सुरु भयो आगामी वर्षको लाहुरे यात्रा) । नेपालमै पनि यत्तिको सुविधा मिल्ने भए कसैले बिदेसिनुपर्ने थिएन ।
- रवीन्द्र सापकोटा
यो लेख सूचनामूलक लाग्यो (साइन्स एन्ड टेक्नो : मोबाइललाई बनाऔं अझ स्मार्ट) । ब्याट्री छिटै सकिएर हैरान हुनेहरू धेरै छन् । सामान्य उपाय अपनाउने हो भने यो समस्याबाट मुक्ति मिल्ने रहेछ ।
- निरज
गुगलको यो सेवा राम्रो लाग्यो (ओके गुगल)– सजिलो र कम झन्झटिलो ।
- हरिबहादुर
बधाई छ सुनिल मास्केजी (म्युजिक डायरी : मास्केका दुई एल्बम) । तपाईंको सांगीतिक यात्रा सफल होस् ।
- लेखनाथ
वासुदेव मुनाललाई हार्दिक श्रद्धाञ्जली (रहेनन् मुनाल) । धेरैलाई मन पर्ने आवाज यो धर्तीबाट बिदा भएको छ ।
- रमन कार्की
म त भविष्य उज्ज्वल देख्छु (कस्तो होला नेपाल आइडलका विजेताको सांगीतिक भविष्य ?) उनीहरूको क्रेज राम्रै छ ।
- मदन रेग्मी
यस्ता व्यक्तिहरूमाथि कारबाही हुनुपर्छ (गायिकामाथि दुव्र्यवहार) । विदेशी भूमिमा एउटा नेपालीले अर्को नेपालीप्रति यस्तो व्यवहार गर्नु दुर्भाग्यपूर्ण छ ।
- अरुणिमा
नगमालाई सफलता मिलोस् (नगमा युनिभर्समा नगमा)– धेरै–धेरै शुभकामना ।
- सुजन
कस्तो राम्रो सुविधा रहेछ (तस्बिर बोल्छ : कर्मचारीको स्वास्थ्यका लागि) । नेपालका निजी कम्पनीहरूले पनि यस्तै प्रकारका सुविधा उपलब्ध गराउनु पर्यो ।
- चित्र थापा
नेपालीहरूका लागि यो राम्रो अवसर हो (एसिया कप खेल्ने अवसर) । खेलाडीहरूले नेपालको नाम राख्न सकून् ।
- सुरेश लामा
बल्ल वास्तविक कुरा थाहा पाइयो (नेपाल आएकी थिइनन् हनिप्रित) । भारतीय मिडियाहरूको विश्वास नहुने रहेछ । हल्ला नै बढी गर्ने ।
- खेमराज पौडेल
हाई प्रोफाइलहरूको जीवनशैली त यस्तो पो हुँदो रहेछ (जेलमा के गर्दैछन् हाई प्रोफाइल ?) । आखिर पैसा नै ठूलो कुरा रहेछ । पैसा भए जे कुरा पनि मिल्ने रहेछ ।
- सन्तोष
लस भेगास पनि अचम्मकै रहेछ (वैभव र मनोरञ्जनको संसार लस भेगास) । घुम्नका लागी राम्रै ठाउँ होला ।
- गणेश लम्साल