साप्ताहिक संवाददाता
आश्विन २८, २०७४
तिहार नेपालीहरूको दोस्रो ठूलो चाड हो । पाँचदिन लामो यो चाड कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइन्छ । यो चाडमा काग, कुकुर, गाई, गोरुजस्ता जनावरलाई भगवानको प्रतीकका रूपमा पूजा गरिन्छ भने धनकी देवी लक्ष्मीको समेत विशेष पूजा हुन्छ ।
धार्मिक महत्वका साथसाथै तिहारको सांस्कृतिक महत्व पनि छ । दाजु–भाइ तथा दिदी–बहिनीहरूको चाडका रूपमा समेत लिइने यो चाडको अन्तिम दिन अर्थात् भाइटीकाका दिन दिदी–बहिनीले दाजु–भाइको पूजा गरी मिष्ठान भोजन गराउँछन् ।
उक्त अवसरमा दाजुभाइ–दिदीबहिनीहरूले आ–आफ्नो क्षमताअनुसार एक–अर्कालाई लुगाफाटा, गरगहना, शोपिस, घडी, ब्याग, जुत्ता, वालेट, बडीस्प्रे, सेन्ट, सोभिङ क्रिम आदि उपहार प्रदान गर्ने चलनछ ।
संकलन तथा तस्बिर : श्रुति श्रेष्ठ