साप्ताहिक संवाददाता
आश्विन २९, २०७४
मन पर्छ
झिलिमिली बत्ती
दिदी–भाइको सुखद भेटघाट अनि भाइटीका
साथी–संगीको देउसी–भैलो
सयपत्री एवं मखमलीको फूलको माला लगाएका दाजुभाइको खुसीले भरिएको अनुहार
सेलरोटी र अनरसा ।
मन पर्दैन
तीन वर्षदेखि भाइ विदेशमा भएकाले भाइटीकाको दिन नरमाइलो लाग्छ ।
मुटु नै थर्किने गरी पड्किने पटाकाको आवाज
जाँड–रक्सी खाएर हो–हल्ला गर्ने समूह
देउसी–भैलोको नाममा रातभर चर्को स्वरमा गीत बजाएर सुत्नै नदिने समूह
रमाइलोका लागि भन्दा पनि हार–जितकै लागि खेलिने जुवा–तास ।