साप्ताहिक संवाददाता
आहै भन भन भाइ हो, देउसी रे
६ सय १ सांसद देउसी रे
बिदा हुने बेला देउसी रे
आफ्नै हात जगन्नाथ देउसी रे ।
- विजय
दसैंमा त आर्शीवाद लिइयो । अब देउसी–भैलो त तिहारमा पो खेल्ने हो । त्यही बेला भनौंला है ।
- अशोक सुस्केरा
भट्याउने समयमा भट्यान्छ नि । अहिले भट्याउँदा नुनबिनाको तरकारी जस्तो हुन्छ ।
- मिलन बोहरा
केटा : आई लभ यू
केटी : देउसी रे
केटा : म तिमीबिना बाच्न सक्दिनँ
केटी : देउसी रे
केटा : के तिमी मलाई माया गर्दिनौ ?
केटी : देउसी रे
केटा : प्लिज, तिम्रो अति माया लाग्छ । मलाई पनि उत्तिकै गर्दिनौ ?
केटी : देउसी रे ।
केटा : तिम्रा लागि म सुनको हार किनिदिन्छु
केटी : रियल्ली ?
केटा : देउसी रे
आहै, आयो चुनाव, देउसी रे
आहै जनतालाई भने देउसी रे
आहै सधैं तनाव, देउसी रे
आहै हाम्रा देशका नेता देउसी रे
आहै आदि मानव जस्ता देउसी रे
- कमल
जसले दिन्छ पाथी
उसकै ठूलो छाती
हे, औंसी बार गाई तिहार भैलो ।
- विवस धरेल
हा, है यो घर कत्रो, देउसी रे
हा है सिंहदरबार जत्रो देउसी रे
हा है यो आँगन कत्रो देउसी रे
हा है टुँडिखेल जत्रो, देउसी रे ।
- प्रकाश पौडेल
के भट्याउनु र ? नेताहरूले भट्याएको भट्यायै छन् । नेताको जात्राले कलाकारहरूको कला त धरापमा परिसक्यो ।
- सरोज तिवारी
अरु सबै कुरा भट्टयाउन आयो । तिहारमा देउसी–भैलो भट्टयाउन पनि आयो तर केटी फकाउन कहिल्यै आएन ।
- सुमन बन्जारा
नेता–नेता मिले बाम एकता भन्छन्– देउसी रे
सत्ता र कुर्सी मिले टाउको मात्र होइन
पार्टी पनि फुटाउछन्– देउसी रे ।
- दीपक
सिरुपाते खुकुरीमा लाह छ कि छैन– देउसी रे
आँगनीमा देउसी आ’को थाह छ कि छैन– देउसी रे ।
- विनोद न्यौपाने
आठ बोतल रौसी देउसी रे
झिलीमिली झिलीमिली देउसी रे
ए रौसीले तिरीमिरी देउसी रे
- सुनिल थापा मगर
आहै हजुरको आँगनीमा नाच्दै गाउँदै आ’को देउसी रे
वर्ष र दिनको चाडबाड सम्झेर
देउसी रे
आहै, रमाइलो गरौं– देउसी रे ।
- स्विट नोगा पन्त
हामी त्यसै आएका हैनौं
बलिराजाले पठाएका
भन भन भाइ हो– देउसी रे ।
- दुर्गा राई
तिहारको देउसी र भैलो
खेलेर गरौं है रमाइलो ।
- दिप कार्की
हे भैलो भन संगी हो– भैलो
झिलिमिली झिलिमिली– देउसी रे
झिल्का पार्दै– देउसी रे
देउसी खेल्न आइपुग्यौं– देउसी रे
आइपुग्यौं हामी– देउसी रे ।
- मोहनमान
अर्को साल आउँदा सुनको छानो होस् भनेर भट्याएर आएको । अस्ति त त्यो घर नै बाढीले बगाएछ । अब कुन मुखले देउसी खेल्न जानु ?
- मिराज दाहाल
आहै आयो चुनाव– देउसी रे
आहै गयो चुनाव– देउसी रे
आहै जनतालाई भने– देउसी रे
आहै तनावै तनाव– देउसी रे
आहै हाम्रा देशका नेता– देउसी रे ।
- रबिन
झिलिमिली नेपाल– देउसी रे
मनोहर विशाल– देउसी रे
बनोस् नयाँ नेपाल– देउसी रे
शान्ति छाओस्– देउसी रे ।
- दिपेश
नाच्न आउने भए नृत्यकार हुन्थें । गाउन आउने भए गायक हुन्थें । मलाई त देउसी भट्याउन समेत आउदैन ।
- रेशम देवकोटा
चार लाइनमा के भट्याउनु हौ ? पुग्दैन त्यतिले त ।
- लिङ्गदेन एमबी
भूकम्पले भत्काएका घर बनेका छैनन् । बाढीले क्षति पुऱ्याएका बस्ती अझै उस्तै छन् । खै, कसरी देउसी भट्याउनु ?
- मनिष काफ्ले
झिलिमिली झिलिमिली– देउसी रे
केको झिलिमिली– देउसी रे
आउँदैछ चुनाव– देउसी रे
जित्नेहरू उनै हुन्– देउसी रे
कहिले बन्ला नेपाल ?– देउसी रे ।
- इन्दिरा
चार लाइनमा मात्र त सम्भव छैन है ।
- हर्क
प्रचण्ड आइन बालकोट
चुनावका लागि ल्याउन धेरै भोट
पानीसँग सिटामोल घुटुक्क
हार्न लागेपछि ओलीसँग सुटुक्क
देउसी रे ।
- सञ्जय केसी