साप्ताहिक संवाददाता
आश्विन ३०, २०७४
यमपञ्चकका ५ दिन हिन्दू धर्मावलम्बीहरूले मानिसका निकट जनावरहरूको पूजा गरेर उनीहरूप्रति सम्मान प्रकट गर्छन् । अन्य मुलुकमा पनि सजाएर, खेलकुद गराएर वा विभिन्न प्रतिस्पर्धामा लडाएर पनि जानकारहरूप्रति सम्मान व्यक्त गरिन्छ । जनावरहरूप्रति सम्मान देखाउने धेरै तरिका तथा प्रतियोगिताहरूमध्ये केही रमाइला प्रसंग :
सुन्दरी खसी
विभिन्न मुलुकमा खसीको सौन्दर्य प्रतियोगिता सञ्चालन हुन्छ । ऊँटको सौन्दर्य प्रतियोगिताबाट प्रभावित भएर साउदी अरेबियामा खसीको सौन्दर्य प्रतियोगिता समेत आयोजित गरिन्छ । यस्तै किसिमको अर्को प्रतियोगिता लिथुवानियाको रेमिगालामा आयोजना हुन्छ । यो प्रतियोगितामा सहभागी खसीले संगीतको तालमा नृत्यसमेत प्रस्तुत गर्छन् ।