साप्ताहिक संवाददाता
आश्विन ३०, २०७४
लक्ष्मीपूजाको दिन अर्थात् कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने चलचित्र रुद्रप्रियामा अभिनेत्री रेखा थापाको भूमिकाले केही दिन अघिसम्म एक किसिमको कौतूलहता पैदा गरेको थियो ।
अहिले त्यो कौतुहलताको समाधान भएको छ । झन्डै आठ वर्षपछि अभिनेता आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गरिरहेकी रेखाले आफ्नै लगानीको यो चलचित्रमा आफ्नो रूपलाई रहस्यमय बनाएकी थिइन् । पोस्टर तथा ट्ेरलरमा रेखाको आधा अनुहार छोपिएको थियो ।
आधा अनुहार लुकाएको विषयमा जिज्ञासा राख्दा रेखाले चलचित्र हेरेपछि मात्र सबै कुरा छर्लङ्ग हुने बताएकी थिइन्, यद्यपि यसैसाता काठमाडौंमा आयोजित एक समारोहमा रेखाले एसिड आक्रमणको चपेटामा पर्ने युवतीको भूमिका निर्वाह गरेको स्पष्ट पारेकी छिन् ।