साप्ताहिक संवाददाता
आश्विन ३१, २०७४
भियतनाममा जारी मिस ग्राण्ड इन्टरनेसल २०१७ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता अन्तर्गतको विभिन्न प्रिलिमिनरी राउन्डको इभेन्टहरुमा नेपाल लगायत विश्व ७६ मुलुकका सुन्दरीहरु प्रतिस्पर्धाको मैदानमा छन् । पाँचौं संस्करणको मिस ग्राण्ड इन्टरनेसनल प्रतियोगितामा नेपालका तर्फबाट मिस ग्राण्ड नेपाल २०१६ की विजेता जिनस लामाको सहभागिता रहेको छ ।
चितवन निवासी २५ वर्षिया जिनस अर्गानिक वल्र्ड एण्ड फेयर फ्युचरमा मार्केटिङ म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् । मिस ग्राण्ड इन्टरनेसनल २०१७ को फाइनल प्रतिस्पर्धा भने भियतनामको फू कोक टापूस्थित भिनपर्ल रिसोर्ट एण्ड भिलाज्मा आगामी अक्टोबर २५ तारिखमामा संचालन हुने