साप्ताहिक संवाददाता
कार्तिक १, २०७४
तिहारमा फलफूल तथा भाइमसलाको प्रयोग निकै हुन्छ ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न खानेकुराका साथै भाइमसला उपहारका रूपमा प्रदान गर्छन् ।
भाइमसलामा काजु, बदाम, ओखर, नरिवल, किसमिस, खजुर आदि ड्राई फ्रुट्स प्रयोग गरिन्छ ।
ड्राई फ्रुट्समा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन् । यसले शारीरिक विकासमा सघाउ पुर्याउनुका साथै रोगप्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।