साप्ताहिक संवाददाता
कार्तिक १, २०७४
तिहार भन्नासाथ सबैलाई देउसी भैलोको सम्झना आउँछ । पहिले–पहिले साँझ मात्र खेलिने देउसी–भैलो हिजोआज दिउँसै खेल्न थालिएको छ ।
पहिले देउसीमा पुरुषले सहभागिता जनाउने र भैलोमा महिलाले सहभागिता जनाउने चलन भए पनि अहिले दुवैमा दुवैले समान रूपमा सहभागिता जनाउन थालेका छन् ।
देउसी–भैलो खेल्दा अनुशासित हुनुपर्छ । पैसा धेरै दियो भनेर मख्ख पर्ने तथा कम दियो भनेर गाली गर्ने काम गर्नु हुँदैन ।
साथी–भाइको समूह वा संघ–संस्थाको समूहमा देउसी–भैलो खेल्नुपर्छ । देउसी–भैलो खेल्न जाने ठाउँमा पूर्वसूचना दिनु बेस हुन्छ ।
आफू खेल्न जाने घरमा अर्को समूहले देउसी भैलो खेलिरहेको छ भने धैर्यपूर्वक प्रतीक्षा गर्नुपर्छ ।
राति अबेरसम्म अरूलाई डिस्टर्ब हुने गरी देउसी–भैलो खेल्नु उपयुक्त होइन ।