साप्ताहिक संवाददाता
तिहारका बेला घरमा बनाउनेदेखि बजारमा पाइने मिठाईसम्मको उपयोग निकै हुन्छ । यस्ता परिकारले उत्सवको विशेष आनन्द प्रदान गर्छन् ।
बजारमा पाइने विभिन्न आकर्षक रंगीचंगी मिठाईमा मिसावट हुन सक्छ, जसमा विशेष ध्यान पुर्याउनुपर्छ ।
मिठाई ताजा भए–नभएको हेर्नुका साथै कत्तिको स्वस्थकर छन्, विचार गर्नुपर्छ ।
मिठाईमा दुध, चिनी तथा विभिन्न किसिमका तेल–घ्यूको प्रयोग गरिने भएकाले मिठाई धेरै खाँदा रोगीलाई मात्र नभै स्वस्थ मानिसलाई समेत हानि पुग्न सक्छ ।
सकेसम्म घरमै मिठाई बनाउनुपर्छ । सम्भव नभए विश्वासिलो पसलबाट शुद्ध तथा सफा मिठाई मात्र
खरिद गर्नुपर्छ ।
अहिले धेरैजसोलाई मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल आदिको समस्या भएकाले मिठाई, चिल्लो तथा बोसो आदि खानबाट जोगिनुपर्छ ।
मिठाई खान मन लागे मुटुरोगीले चिल्लो नभएको तथा मधुमेहका रोगीले चिनीरहित मिठाई खान सक्छन् ।