साप्ताहिक संवाददाता
दसैं र तिहारबीच छ महिनाको अन्तर भयो भने ?
सानैदेखि दसैं र तिहार सँग–सँगै मनाउँदै आएकाले सुरु–सुरुमा त नराम्रो लाग्ला नि, बिस्तारै बानी पार्दै गएपछि सामान्य होला ।
तास खेल्दा हारेको हार्यै गर्नुभयो भने के होला ?
म चाडवाडमा रमाइलोका लागि मात्र तास खेल्छु । परिवार तथा साथीभाइहरूसँग मात्र खेल्दा हार–जितभन्दा पनि रमाइलो महत्वपूर्ण कुरा हुन्छ ।
भाइटीकाको दिन दाजु–भाइबाट कुनै पनि उपहार पाउनु भएन भने ?
तिहारमा भाइटीका लगाइ दिँदा म उपहारको आशा गर्दिन । मेरो विचारमा भाइटीका लगाइ दिइरहन पाउनु नै ठूलो कुरा हो, उपहार दिन तिहार नै कुर्नु पर्छ र ?
राति १२ बजेसम्म पनि देउसी–भैलो खेल्नेहरू आउन छाडेनन् भने ?
तिहार देउसी–भैलीले नै रमाइलो हुने हो, मलाई त मेरो घरमा देउसी–भैलो खेल्न आउँदा निक्कै खुसी र रमाइलो लाग्छ ।
सेलरोटी पकाउँदा गोलो भएन भने ?
मलाई राम्रोसँग सेल पकाउन आउँछ, तै पनि आफूले पकाएको सेल गोलो भएन भने त टेन्सन नै हुन्छ नि ।
लक्ष्मीपूजा रमाइलो कि भाइटीका ?
लक्ष्मीपूजा र भाइटीका मात्र होइन, मलाई तिहारका पाँचै दिन उत्तिकै रमाइलो लाग्छन् । लक्ष्मीपूजा र भाइटीका चाहिं सबैभन्दा रमाइलो लाग्ने दिन हुन् ।
भैलो खेल्दा सबैभन्दा कम कति पाउनुभएको छ ?
सानोमा देउसी–भैलो खेलियो, नाचियो । समूहमा नाचगान सहित भैलो खेलेकाले होला व्यक्तिगत पैसा पाएको कुरा सम्झना छैन ।