साप्ताहिक संवाददाता
निर्देशक : दयाराम दाहाल
संगीत : विजय घिमिरे
कलाकार : अनुपविक्रम शाही, मलिना जोशी, सारुक ताम्राकार, मनिषसुन्दर श्रेष्ठ, सुशन खड्का आदि ।
त्रिकोणात्मक प्रेमकथामा धेरै चलचित्र निर्माण भैसकेका छन् । लक्ष्मीपूजाको दिन सार्वजनिक हुन लागेको चलचित्र ‘रानी’मा पनि त्रिकोणात्मक प्रेम कथा समेटिएको छ । यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु हुन लागेका सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसँग २०११ की मिस नेपाल मलिना जोशीको प्रेमकथा चलचित्र ‘रानी’मा हेर्न पाइनेछ ।
चलचित्र ‘रानी’ तीनवटा कोणमा मात्र सीमित छैन । असाध्यै मिल्ने साथीद्वय सारुक र मनिषले मलिनासँग प्रेम गर्ने सोच बनाएपछि उनीहरूबीच तनाव सिर्जना हुन्छ, जसको फाइदा उठाउन चलचित्रमा अर्को एउटा कोणको प्रवेश हुन्छ, अनुपविक्रम शाहीका रूपमा ।
प्रहरी सेवामा रहेका अनुप पनि मलिनालाई आफ्नो बनाउन चाहन्छन् । पुराना स्थापित निर्देशक दयाराम दाहालको कमब्याक भनिएको चलचित्र ‘रानी’ को निर्माण भानु महर्जनले गरेका हुन् ।