अभिनेता शाहरूख खान लामो समयदेखि बलिउडमा बादशाहका रूपमा स्थापित छन् । अहिले आएर उनका छोरा–छोरीले समेत दर्शकको मन जित्न थालेका छन् । छोरा अब्राहम तथा आर्यन त आफ्नो क्यूटनेसका कारण प्रसिद्ध छन् नै, छोरी सुहानासमेत अचेल हट देखिन थालेकी छिन् । हालै मात्र सुहानाको एउटा तस्बिर भाइरल भयो, जसमा सुहानाले नीलो रंगको स्विमसुट लगाएकी छिन् । तस्बिरमा सुहाना स्वीमिङ पुलमा पोज दिइरहेकी छिन् ।
वास्तवमा, सुहानाका ती तस्बिर उनको फ्यान क्लबले इन्स्टाग्राममा पोस्ट गरिदिएको हो । तस्बिरमा सुहाना निकै आकर्षक देखिएकी छिन् । बुवा शाहरूखझैं सुहाना पनि अभिनयमा नाम कमाउन चाहन्छिन् । लुक्स, ड्ेरसिङ तथा स्टाइलका कारण फोटो पत्रकारहरू समेत उनको तस्बिर लिन लालायित हुन्छन् । सुहानाले केही समयअघि करण जौहरको नेतृत्वमा फोटो सेसनसमेत गराएकी छिन् । यद्यपि शाहरूख भने सुहानाले पहिले उनको अध्ययन पूरा गरून् भन्ने चाहन्छन् ।