राजकुमार डिसी ककटेल एन्ड ड्रिम्स स्कुल अफ बार एन्ड बेभरेज म्यानेज्मेन्टका सिइओ हुन् । मिक्सोलोजिस्ट तथा बेभरेज कन्सल्ट्यान्ट डिसीले दिल्लीस्थित बार एन्ड बेभरेज स्कुल ककटेल एन्ड ड्रिम्सका कन्सल्ट्यान्ट याङडुप लामासँग ककटेल तथा बेभरेजसम्बन्धी प्रशिक्षण लिएका थिए ।
बिजुलीबजारस्थित ककटेल एन्ड ड्रिम्स सञ्चालन गरिरहेका डिसीको स्कुलले स्थापनादेखि अहिलेसम्म १ हजार ५ सयभन्दा बढी महिला तथा पुरुष बार टेन्डर उत्पादन गरिसकेको छ जो अहिले काठमाडौंका चल्तीका बारका साथै विदेशमा समेत बार टेन्डरको काम गरिरहेका छन् । तिनै डिसीले आफूलाई राम्रा लागेका काठमाडौंका केहि बार तथा त्यहाँका बिशेष ककटेलका सम्बन्धमा साप्ताहिकलाई जानकारी गराएका छन् :
फ्रेस बिन्स आइरिस कफी
केटु स्टेग हाउस एन्ड बार
मण्डला स्ट्रिट, पानीपोखरी
सामग्री : फ्रेस बिन्स सिंगल एक्सप्रेसो एक सट, जिम्सन आइरिस ह्विस्की ६०, एमएल सुगर सिरप १० एमएल, तातोपानी १२० एमएल, फ्रेस ह्विप्ड क्रिम ४ टेबुल चम्चा, सिनामन पाउडर थोरै ।
विधि : ठूलो कफी मगमा फ्रेस बिन्स सिंगल एक्सप्रेसो एक सट तथा जिम्सन आइरिस ह्विस्की ६० एमएल खन्याउने । त्यसमा सुगर सिरप घोल्ने अनि १ सय २० एमएल भर्खरै उमालेको पानी हाली घोल्ने । माथिबाट फ्रेस ह्विप्ड क्रिम हाली सिनामन पाउडर छर्कने । यो ककटेल एकदमै जाडो भएका बेला पिउनु उपयुक्त हुन्छ ।
बार टेन्डर : राजु कार्की
टिरामिसु
कर्नर बार
र्याडिसन होटल, लाजिम्पाट
सामग्री : बकार्डी ह्वाइट रम ४० एमएल, कहलुआ ३० एमएल, एक्सप्रेसो ३० एमएल, फ्रेस क्रिम ६० एमएल, कोका पाउडर थोरै, तासिएको चकलेट थोरै, चकलेट सिरप १५ एमएल ।
विधि : सेकरमा बकार्डी ह्वाइट रम, कहलुवा, एक्सप्रेसो, फ्रेस क्रिम तथा चकलेट सिरप हाल्ने र बेस्सरी हल्लाउने । केही बेर हल्लाएपछि तासिएको चकलेट पोतिएको ककटेल गिलास वा मार्टिनीमा ककटेल खन्याएर सर्व गर्ने । यो ककटेल गुलियो हुन्छ ।
बार टेन्डर : थामेन्द्र सिंह राना