कार्तिक ७, २०७४
अभिनेत्री तथा नृत्यांगना मलाइका अरोरा ४४ वर्षकी भइन्, यद्यपि उनी ३०–३५ की जस्ती देखिन्छिन् । चाहना गर्यो भने यो उमेरमा पनि मानिसले आफूलाई मेन्टेन गर्न सक्छ भन्ने कुरा मलाइकाले प्रमाणित गरिदिएकी छिन् । आफ्नो फिगर तथा सुन्दरताका कारण उनी बलिउडका युवा अभिनेत्रीहरूमाझ पनि टिक्न सफल भैरहेकी छिन् र आफ्नो लोकप्रियतालाई बढ्दो उमेरका बाबजुद घट्न दिएकी छैनन् ।
हालै एउटा अन्तर्वार्तामा मलाइकाले पुरुषका दुई कुराले आफू प्रभावित हुने कुरा बताएकी छिन् । मलाइकाका अनुसार उनी पुरुषको जुत्ता तथा मुखमा विशेष ध्यान दिन्छिन् । जुत्ता राम्रो छ भने उनी सहजै इम्प्रेस हुन्छिन् । जहाँसम्म मुखको कुरा छ, उनलाई धेरै बोल्ने मुख मन पर्दैन । उनी कम बोल्ने पुरुष भनेपछि भुतुक्कै हुन्छिन् ।