साप्ताहिक संवाददाता
राजकुमार डिसी ककटेल एन्ड ड्रिम्स स्कुल अफ बार एन्ड बेभरेज म्यानेज्मेन्टका सिइओ हुन् । मिक्सोलोजिस्ट तथा बेभरेज कन्सल्ट्यान्ट डिसीले दिल्लीस्थित बार एन्ड बेभरेज स्कुल ककटेल एन्ड ड्रिम्सका कन्सल्ट्यान्ट याङडुप लामासँग ककटेल तथा बेभरेजसम्बन्धी प्रशिक्षण लिएका थिए ।
बिजुलीबजारस्थित ककटेल एन्ड ड्रिम्स सञ्चालन गरिरहेका डिसीको स्कुलले स्थापनादेखि अहिलेसम्म १ हजार ५ सयभन्दा बढी महिला तथा पुरुष बार टेन्डर उत्पादन गरिसकेको छ जो अहिले काठमाडौंका चल्तीका बारका साथै विदेशमा समेत बार टेन्डरको काम गरिरहेका छन् । तिनै डिसीले आफूलाई राम्रा लागेका काठमाडौंका केहि बार तथा त्यहाँका बिशेष ककटेलका सम्बन्धमा साप्ताहिकलाई जानकारी गराएका छन् :
राजा ककटेल
एम्पायर क्याफे
एन्ड लाउञ्ज बार दरबारमार्ग
सामग्री : भोडका ३० एमएल, मालिबु ३० एमएल, पाइनएप्पल जुस ६० एमएल, ग्रेनाडाइन सिरप दुई चम्चा, लेमन जुस १५, एमएल, लेमन ह्विल एउटा ।
विधि : भोड्का, मालिबु, ग्रेनाडाइन सिरप तथा लेमन जुसलाई सेकरमा राखेर बेस्सरी हल्लाउने । त्यसपछि ककटेल गिलासमा खन्याउने अनि लेमन ह्विलले गार्नेस गर्ने ।
बार टेन्डर : सुस्मिता बलामी
नाइन्थक्लाउड ग्रेभयार्ड
नाइन्थक्लाउड बार
सामग्री : ह्वाइट रम १५ एमएल, टकिला १५ एमएल, भोडका एमएल, जिन १५ एमएल, क्वाइनथ्रेउ १५ एमएल, स्टाउट पिल्सनर थोरै ।
विधि : पोको ग्रान्टे गिलासमा मात्रा मिलाएर क्रमैसँग ह्वाइट रम, टकिला, भोडका, जिन तथा क्वाइथ्रेउ खन्याउँदै जाने र माथिबाट थोरै स्टाउट पिल्सनर राख्ने । कडा हुने यो ककटेललाई क्रस गरिएको स्ट्रले सजाउने ।
बार टेन्डर : सौरभ केसी
साइडर सान्ग्रिया
एम्बेसी रेस्टुराँ एन्ड बार
पानीपोखरी
सामग्री : ह्वाइट वाइन ९० एमएल, समर्सबे एप्पल स्लाइडर १ बोतल, फ्रेस एप्पल ३/४ स्लाइस, फ्रेस पाइनएप्पल ३/४ स्लाइस, फ्रेस स्विट लाइम ३/४ स्लाइस, चेरी ३ वटा, ओलिभ ३ वटा ।
विधि : ककटेल गिलासमा चिसो ह्वाइट वाइन हाल्ने र त्यसको माथिबाट चिसो समर्सबे एप्पल स्लाइडर खन्याउने, तर बोतल त्यसमै अड्याउने । माथिबाट फ्रेस एप्पल, पाइनएप्पल, स्विट लाइम, चेरी तथा ओलिभले गार्नेस गर्ने ।
बार टेन्डर : सोमराज घोरासैनी