साप्ताहिक संवाददाता
कार्तिक ७, २०७४
यहि कार्तिक १७ गतेबाट अल नेपाल प्रदर्शन तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’ निर्माण टिमले राजधानीको ट्राफिक व्यवस्थापनका लागि सहयोग गरेको छ ।
राजधानीको अस्तब्यस्त ट्राफिक ब्यवस्थालाई व्यवस्थापनमा सहयोग गर्ने सामग्री हस्तान्तरण गर्दै चलचित्र यूनिटले ट्राफिक व्यवस्थापनमा सहयोग गरेको हो ।
चलचित्रका निर्माता अर्जुन कुमारले ‘गो’ र ‘स्टप’ लेखिएका ३५ वटा साइन बोर्ड महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका छन् ।
राजधानीको ट्राफिक व्यवस्थापन गर्न प्रहरीसँग साम्रागी पर्याप्त नभएपछि ‘फाटेको जुत्ता’ टिमले सहयोग गरेको निर्माता अर्जुन कुमारको भनाई छ । निकेश खड्काको निर्देशनमा रहेको फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।