कार्तिक ८, २०७४
अभिनेत्री कंगना रणावत आफ्नो नयाँ चलचित्र मणिकर्णिका : क्विन अफ झाँसीमा रानी लक्ष्मीबाईको भूमिका निर्वाह गर्न पूर्ण रूपले तयार भएकी छिन् । रानी लक्ष्मीबाइको सुन्दरता तथा त्यागलाई चित्रण गर्नु कंगनाका लागि ठूलै चुनौती हुनेछ । यद्यपि त्यसका लागि कंगनाले कुनै सम्झौता नगर्ने बताइसकेकी छिन् ।
ट्विटरमा कंगनाको एउटा भिडियो भाइरल भैरहेको छ, जसमा उनी तलवारवाजीको अभ्यास गरिरहेकी देखिन्छिन् । कंगनाको उक्त अभ्यास आकर्षक देखिएको छ । यो चलचित्रको छायांकन जोधपुरमा हुनेछ । यही चलचित्रका लागि कंगनाले घोडसवारीको समेत प्रशिक्षण लिइसकेकी छिन् । चलचित्रमा दुस्मनहरूसँग लड्ने क्रममा उनले बच्चाहरूलाई पछाडि बाँधेर घोडसवारी गर्नेछिन् ।