साप्ताहिक संवाददाता
कार्तिक १०, २०७४
झोराहाट नाट्य समूहका कलाकारहरूले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा कात्तिक १४ र १५ गते दिउँसो १:३० बजे नाटक ‘पर्खाल’ मञ्चन गर्ने भएका छन् । सांस्कृतिक संस्थानद्वारा प्रस्तुत गरिएको यो नाटक भरत गुरागाईंको लेखन तथा प्रयाग न्यौपानेको निर्देशनमा तयार पारिएको हो ।
सामाजिक विषयमा आधारित नाटक पर्खालमा अनु श्रेष्ठ, सुदीप कार्की, सुनिता कट्टेल, गजेन्द्र पृथक, ओमप्रकाश निरौला, भरत गुरागाइँ, प्रयाग न्यौपाने, मनिषा बराल आदि कलाकारले अभिनय गर्नेछन् ।