साप्ताहिक संवाददाता
आउने मंगलबार अर्थात् अक्टोबर ३१ मा इसाईहरूले हलोविन चाड मनाउँदैछन् । हलोविनमा भूतको मेकअप गरेर तथा पार्टीस्थललाई नै डरलाग्दो बनाई पार्टी गरिन्छ । क्रिसमसजस्तै हलोविनमा रमाउने नेपालीहरू पनि बढ्दैछन् । यो साता आफैं भूत भएर रमाउँदै यी पार्टीमा सामेल हुन सकिन्छ ।
फ्राइटन एट भिक्ट्री
दरबारमार्गस्थित भिक्ट्री लाउन्जमा फ्राइटन पार्टीको आयोजना हुने भएको छ ।
मिति : कात्तिक १४ गते, मंगलबार
समय : साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म
आकर्षण : डरलाग्दो वातावरणमा डिजेइङको मज्जा
डिजेहरू : उमेश, रविन, सस्प्वाइजन आदि ।
ब्ल्याक ट्युजडे
त्रिपुरेश्वरस्थित कर्मा लाउञ्जमा ब्ल्याक ट्युजडे पार्टीको आयोजना हुँदैछ ।
मिति : कात्तिक १४ गते, मंगलबार
समय : साँझ ७ बजे
डिजेहरू : फिन्जोक, र्याबिट, पुनित, सार्थक आदि ।
हेलोइन नाइट
ठमेलस्थित फेसेज लाउञ्जले आफ्नो क्लबलाई डरलाग्दो वातावरण दिएर पार्टीको आयोजना गर्ने भएको छ ।
मिति : कात्तिक १४ गते, मंगलबार
समय : साँझ ६ बजे
आकर्षण : साइन ब्यान्डको लाइभ म्युजिक
स्केरी नाइट
क्षेत्रपाटीस्थित मर्करी लाउञ्ज एन्ड बारमा हलोविन पार्टीको आयोजना हुने भएको छ ।
मिति : कात्तिक १४ गते, मंगलबार
समय : साँझ ७ बजे
आकर्षण : लाइभ म्युजिक एन्ड फुड