कार्तिक ११, २०७४
अभिनेत्री ज्याकलिन फर्नान्डिज यतिबेला चलचित्र जुडवा–२ को सफलता इन्जोय गरिरहेकी छिन् । चाँडै नै उनी अमेरिकन मिस्ट्री ड्रामा द गर्ल अन द ट्रेननको हिन्दी रिमेकमा देखा पर्दैछिन् ।
पाउला हकिङ्सद्वारा लिखित पुस्तकमा आधारित यो चलचित्र हलिउडमा निर्माण भैसकेको चलचित्रको रिमेक हो । उपन्यासमा खासै नरुचाइए पनि यो चलचित्रले भने सफलता हात पारेको थियो ।
त्यही अंग्रेजी चलचित्रको हिन्दी रिमेकको अधिकार निर्देशक रिभु दास गुप्ताले लिएका छन् र त्यसमा ज्याकलिन मुख्य भूमिकाका लागि अनुबन्ध भएकी छिन् । चलचित्रमा उनले एमिलि ब्लन्टको चरित्र निर्वाह गर्नेछिन् । ज्याकलिन अहिले सलमान खानसंग रेस–३ तथा सुशान्त सिंह राजपूतसँग ड्राइभमा व्यस्त छिन् ।