साप्ताहिक संवाददाता
अक्सिजन हलोविन नाइट
पोखराको लेकसाइडस्थित अक्सिजन लाउञ्ज बारमा कात्तिक १४ गते मंगलबार अर्थात् ३१ अक्टुबरका दिन दोस्रो संस्करणको हलोविन नाइटको आयोजना हुँदैछ । हन्टेड हलोविन नाइट शीर्षकको उक्त कार्यक्रममा डिजे कोन्मेको डिजे सेसन आकर्षणमा रहनेछ । यो कार्यक्रममा सहभागी हुन १ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ, जसमा फेस पेन्टिङ नि:शुल्क हुनेछ । सीजी थापाले फेस पेन्ट र मेकअप गर्दै सहभागीहरूलाई भूतको रूप दिनेछन् । यो हेलोविन नाइट साँझ ७ बजेदेखि राति ११ बजेसम्म चल्नेछ ।
हलोविन डान्स पार्टी
कात्तिक १४ गते मंगलबार पोखरामा हलोविन डान्स पार्टीको आयोजना हुँदैछ । ओसिस इन्टरटेनमेन्ट तथा क्लाउड रेस्टुराँ एन्ड लाउञ्ज बारद्वारा आयोजित फेसन शोसहितको उक्त पार्टीमा मोडलहरूलाई भूतको भेषमा प्रस्तुत गरिनेछ । हरर लाइटिङ, साउन्ड तथा फेस पेन्टिङले कार्यक्रममा रौनक थप्नेछ । सहभागीहरूका लागि रातो, कालो अथवा सेतो ड्रेसकोड निर्धारित गरिएको छ । डिजे पुष्पा, डिजे फ्लोरा जी तथा डिजे निक्कीको डिजे सेसन पार्टीको अर्को आकर्षण हुनेछ । साँझ ५ बजेदेखि राति ११ बजेसम्म चल्ने हलोविन डान्स पार्टीमा सहभागी हुन ३ सय तथा १ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ ।