साप्ताहिक संवाददाता
आफू त सुरुमा दरो भोजन गरेपछि घुमघामतिर लागिन्छ ।
-रोशन श्रेष्ठ
अवश्य पनि घुमघाम । यात्रा आफैंमा रमाइलो हुन्छ ।
-सुन्दर गुरागार्इं
घुमघाम गर्दा पनि सबै भोजनतिरै लाग्छन् । त्यसैले मलाई त भोजन नै मन पर्छ ।
-जतन कार्की
घुमघाम रमाइलो ।
-देवेन श्रेष्ठ, रेनु गहतराज, रेमन, बुनु थारु
घुम्ने, भोजन गर्ने, भोजन गर्ने अनि फेरि घुम्ने । यी दुई एक–अर्काका पूरक हुन् ।
-मगर मास्की मिन
भोकको बेला भोजन, फुर्सदमा घुमघाम, अनि पो रमाइलो हुन्छ ।
-जीवन श्रेष्ठ
साथीभाइहरूसँग गफ हान्दै मीठो भोजनमा जति रमाइलो घुमघाम कहाँ हुन्छ हौ ?
-सूर्य वान्तवा
मलाई त घुमघाम नै रमाइलो लाग्छ ।
-आदिम सुब्बा
भोजनबिनाको घुमघाम कस्तो होला खोइ ?
-अजय गोर्खाली
मीठो भोजन ।
-जीवन चौधरी
चाउचाउ र पानी मात्र खाएर कहाँ घुम्न सकिन्छ ? त्यसैले मीठो भोजन ।
-रिहन केन
दुवै एक–अर्काका परिपूरक हुन् ।
-सुवास ढकाल, दक्षिण कोरिया
हाम्रो रोजाइमा घुमघाम नै पर्छ ।
-दिनेश कोइराला, सुनाहाङ राई
दुवै रमाइलो नि !
-वीरजंग ठकुरी
के गर्नु मित्र ? भोजन नभै घुमघाम हुँदैन ।
-डल्ली कान्छी
मस्की–मस्की साथ दिने राम्री केटी साथी भए त घुम्नै रमाइलो हुन्छ नि । मीठो भोजन किन चाहियो ?
-शिवराम साखकर्मी
काम गर्न मन पराउने मान्छे । म भ्रमण र भोजनमा भन्दा कडा मेहनतमा रमाउँछु । कामबिना सफलता प्राप्त गर्न सम्भव पनि हुँदैन । मीठा खानेकुरा र घुमघाम मेरा लागि पाँचौ र छैटौं प्राथमिकतामा पर्छन् ।
-साधु
पहिले मीठो भोजन अनि घुमघाम ।
-प्रतीक हुमागार्इं
मान्छेलाई यहाँ छाक टार्न गार्हो भैरहेका बेला भोजन र घुमघामको कुरा गर्ने ?
-जोजो क्षेत्री
दुवै, नखाई घुम्न सकिँदैन भने रमाइलो पनि हुँदैन । खाएर मात्र पनि रमाइलो हँुदैन, घुम्नैपर्छ ।
-कैलाश पर्वत
मीठो भोजन नै हो । घुमघाम त रमाइलोका लागि मात्र होइन ?
-सुदीप तामाङ
दुवै ।
-महेशबाबु
घुमघाम नै रमाइलो, किनभने नयाँ–नयाँ ठाउँ घुम्न पाइन्छ ।
-युरिक राज नेपाली
साथमा मन मिल्ने कोही भए घुमघाम रमाइलो हुन्छ । छैन भने भोजन मीठो ।
-अस्मिता गुरुङ
त्यो त समयअनुसार हुन्छ । पेट टन्न भएका बेला घुमघाम मन पर्छ, भोक लागेको छ भने भोजन ।
-मनोजकुमार तामाङ
पेटमा भोजन होस् पहिले, अनि बल्ल घुमघाम ।
-पुष्प केसी
दुवै राम्रो ।
-मनोज चौधरी
सबै उमेरले नै गर्ने होला । आफू त मीठो भोजनमै रमाइन्छ ।
-सूर्य वान्तवा
घुमघाम रमाइलो ।
-सन्दीप दाहाल
मलाई त भोजन नै मन पर्छ ।
-जेनी गुरुङ
दुवै ।
-मुस्ताङ्गे
मीठो भोजन ।
-मेघजी
मलाई त घुमघाम रमाइलो लाग्छ हौ ।
-समीप रानामगर
दुवै रमाइलो ।
-नीमा शाही
घुमघाम गर्दै मीठो भोजन ।
- केश मानन्धर
मेरो रोजाइमा घुमघाम ।
-एचबी जिसी