कार्तिक १४, २०७४
वयस्क चलचित्रकी चर्चित अभिनेत्री मियाँ खलिफा भर्जिन मेरीका रूपमा प्रस्तुत भएपछि सामाजिक सञ्जालमा छाएकी छिन् ।
लेबनानी मूलकी अमेरिकी खलिफा पश्चिमी मुलुकको धार्मिक आस्थाकी देवी भर्जिन मेरीका रूपमा प्रस्तुत भएपछि कसैले खेद व्यक्त गरेका छन् भने कसैले राम्रो काम गरेको भनेर प्रशंसा गरेका छन् । इस्लाम युवती भएर पनि वयस्क चलचित्रमा अभिनय गरेका कारण इस्लामिक राष्ट्रहरूमा उनको चर्को विरोध हुँदै आएको छ । कतिपय इस्लामिक धर्मगुरुले उनका विरुद्ध फतवासमेत जारी गरेका छन् ।
यसबीच केही दिनअघि अधिकारकर्मी एवं नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले जिन्स पाइन्ट लगाएर कलेज गएको तस्बिरलाई ट्रोल बनाउँदा त्यो भाइरल भएको थियो भने जिन्स लगाएकै कारण मलालालाई धेरैले गालीसमेत गरेका थिए ।