साप्ताहिक संवाददाता
कार्तिक १४, २०७४
चलचित्र ‘फाटेको जुत्ता’ रिलिज मिति नजिकिदै गर्दा केहि नयाँ कौतुहलताहरु जन्मिएका छन् । चलचित्र यूनिटले चलचित्र प्रदर्शनको केहि दिन अघि मात्रै सार्वजनिक गरेको एक पोस्टरले आम दर्शकमा नयाँ कौतुहलता जन्माएको हो । अभिनेता दयाहाङ राईको पोस्टर सार्वजनिक गरिएको छ ।
यो पोस्टर सार्वजनिक हुनु अघि चलचित्रमा दयाहाङ रहेको बारेमा जानकारी गराईएको थिएन् । पोस्टरमा दयालाई भिन्न शैलीमा प्रस्तूत गरिएको छ ।
अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, बर्षा राउत, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र कार्तिक १७ गतेबाट रिलिज हुँदै छ ।