साप्ताहिक संवाददाता
कार्तिक १४, २०७४
आफैले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सुनकेशरी’मा अभिनेत्री ऋचा शर्माले डरलाग्दो रुप धारण गरेकी छिन् । उनले दोस्रो पटक निर्माण गरेको उक्त चलचित्रको पहिलो पोस्टरमा उनलाई फरक अवतारमा प्रस्तुत गरिएको छ ।
अष्ट्रेलियामा छायांकन सकिएको यो चलचित्रलाई सन् २०१८ अप्रिलमा रिलिज गर्ने तयारी गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका भिम न्यौपाने र नायिका शर्माको संयुक्त लगानीमा यो चलचित्र निर्माण भएको हो ।
अभिनेता अर्पण थापाले चलचित्र ‘सुनकेशरी’ निर्देशन गरेका हुन् । अर्पणको निर्देशन र नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’ बक्स अफिसमा असफल भएको थियो । पछिल्लो चलचित्र ‘सुनकेशरी’सिड्नीस्थित एउटा पुरानो दरबारमा भूत रहेको बिषयमा निर्माण गरिएको छ ।