साप्ताहिक संवाददाता
जुनकीरी जुनु@junakiri3
पानीका थोपाले झर्छु भनेर डराएको भए धर्तीमा मनसुन नै हुँदैनथ्यो । झरेर पनि धेरैको मन जित्न सकिन्छ । आफू चुहिए पनि अरूको समस्या टाल्न सकिन्छ ।
सम्झना@samshr3
दिएर गरिब, मागेर धनी हुन्न कहिले नि ।
रामेश@RaameshKoirala
बाबुरामजी यदाकदा सही बोल्नुहुन्छ । उहाँ मात्र होइन, सबै ठालुहरू जनमतले मात्र नभै जसरी पनि जित्ने दाउमा छन् । अब त्यो जसरी भनेको के, भन्नुस् ल ।
जेनि@Sush_Maaa
हैन यी केटाहरू कहिले बजारमा गएर टमाटर किन्दैनन् कि क्या हो, खालि केटीको भाउ बढ्या छ मात्र भन्छन् त ।
ललि@lalita_regmi
यो संसारमा मान्छेलाई अरूको कुरा नकाटी त खा’को पनि पच्दैन रै’छ ।
प्रकृतिकी रानी@prakritipaudel8
जति बेला आफूलाई आफ्नो उमेर बढ्दै गएको थाहा हुन्छ, त्यतिबेला यस्तो लाग्छ— हाम्रा बुवाआमाले हामीलाई भनेका सबै कुरा सही थिए ।
Sabita Dhimal@SabitaDhimal
गरिबले त्यही महलको सपना देख्छन्, जहाँ बसेर धनीले आफ्नो निन्द्रा गुमाइरहेका हुन्छन् ।
अल्लारे ठिटो]@Firante_977_Np
सबैभन्दा ठूलो आर्यघाट त मानिसको कोमल मन रहेछ, जहाँ हरेक दिन पूजा गर्न सजाइएका हजारौं सपनालाई दागबत्ती दिइन्छ । जति धेरै इच्छा उति नै धेरै चिन्ता ।
Gani Ansari@GaniAnsari
न आफ्नो न बिरानो लाग्छन् केही सम्बन्ध, बस् न्यायो लाग्छन् ।
लेडी बुलेट@ldy_bullet
मलाई प्रेममा सबै कुरा मञ्जुर छ सिवाय धोका, त्यसैले सक्छौ धोका नदेऊ, होइन भने प्रेम नै नगर ।
Prakriti Sharma@prakriti_ss
कोही कसैको कुभलो सोचेर उसलाई तल झार्ने काम नगर । यो संसारमा आजसम्म कुभलो सोचेर खराब कार्य गर्ने कुनै पनि मान्छेका बारेमा कुनै ग्रन्थ लेखिएको छैन ।
आशिष पौडेल@AACsPDL
यो सहरमा अर्काकी स्वास्नी र अर्काको पोइलाई आफ्नो बनाउन खोज्नेहरूको कमी छैन ।
फुर्के बहादुर@SystemFather1
मोटरसाइकलमा हुइँकिनेहरूलाई के थाहा, एयरफोन कानमा लगाउँदै मोबाइलमा गीत बजाएर उकालो हिँड्नुको मज्जा ।
Pramod Kharel@kharel777
ती सपनाहरू सुन्दर र वलवान हुन्छन्, जुन खुल्ला आँखाले देखिन्छन् ।
वैद्य बाको बा@BOkaabaa
एउटीले सिभिल इन्जिनियर भाइलाई मसला किन्न बजार पठाइछ, केटाले बालुवा, गिट्टी र सिमेन्ट घोलेर ल्याएछ ।
सुमन@suman_sobit
काठमाडौंका अधिकांश सरकारी अस्पतालका शौचालय अगाडि ढाट राखेर शौचालय प्रयोग कर उठाइन्छ, यो अस्पतालको आयस्रोत कि निकम्मा व्यवस्थापन ?