कार्तिक १५, २०७४
तस्बिर बनि आँखामाझ
बस्नेहरू तिनै हुन्
मायाँको गाँठो बलियोसँग
कस्नेहरू तिनै हुन्
जिन्दगीभर हाँसेर बिताउनुपर्छ भन्थ्यो जसले
आँसु नै बनेर आँखाबाट
खस्नेहरू तिनै हुन्
मायाको मिठो आभासमा
भुलिदिन्थे दुनियाँ सारा
सुनाउँदै मिठा कथा–व्यथा
डस्नेहरू तिनै हुन्
कहानी हराएको मान्छे हुँ
म भित्र रहस्य छैन
थाहा भएर नि कहानी सुन्न
बस्नेहरू तिनै हुन्
पागल हुँ म साँच्ची प्रिया
माया गर्न नै आउँदैन
जानीजानी पागलको मायामा फस्नेहरू तिनै हुन् ।