साप्ताहिक संवाददाता
कार्तिक १७, २०७४
चितवन, भरतपुरस्थित भाटभटेनी सपिङ कम्प्लेक्सको माथिल्लो तल्लामा सञ्चालित द फुडकोर्डको औपचारिक उद्घाटनका अवसरमा नेपाल आइडलका टप टेन प्रतिस्पर्धी सुरज थापा, मेनुका पौडेल, सुजाता पाण्डे, उल्सन श्रेष्ठ तथा अली ब्रदर्शले आइतबार र सोमबार आफ्नो प्रत्यक्ष प्रस्तुति दिनेछन् ।
उनीहरूका साथमा चर्चित भिजे तथा अभिनेत्री रीमा विश्वकर्मा पनि कार्यक्रममा सहभागी हुनेछिन् । शनिबार भने गायक एडरिन प्रधानले त्यहाँ आफ्ना गीत सुनाउने छन् । शनिबारदेखि सोमबारसम्म मनाइने उद्घाटन उत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, फुड फेस्टिभल आदि कार्यक्रम समेत सञ्चालन हुने फुडकोर्टका सञ्चालक सुशान्तसिंह ठकुरीले बताएका छन् ।
समय : बिहान १० बजेदेखि
कन्सर्ट : साँझ ५ बजेपछि