साप्ताहिक संवाददाता
कार्तिक १७, २०७४
अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘बटरफ्लाई’को छायांकन सकिएको छ । चलचित्रमा समावेश एक रोमान्टिक प्रेश शैलीको गीतको छायांकनसँगै ‘बटरफ्लाई’को ईण्डक्ल्याप गरिएको छ ।
छायांकनको अन्त्यमा खिचिएको गीतमा अभिनेत्री प्रियंकाले केहि बोल्ड दृष्यहरु दिएकी छिन् । केहि दिन पहिले मात्रै खिचिएको उक्त गीत छिट्टै नै रिलिज गर्ने निर्माण टिमले बताएको छ । ओमप्रतिक गुरुङले यो चलचित्र निर्देशन गरेका हुन् ।
पुष्पाञ्जली अधिकारी (सखा ), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । चलचित्र आउँदो पौष २८ मा रिलिज हुनेछ ।