साप्ताहिक संवाददाता
कार्तिक १७, २०७४
चर्चित लोक गायक राजन ठकुरी पछिल्लो समय आधुनिक गीत तर्फ आर्कषित भएका छन् । लोक गीतसंगीतमा राम्रा शब्द सिर्जना गर्ने तथा लय टिपेर गीत गाउँने ठकुरी यतिबेला आधुनिक गीतको एल्वम नै गर्ने तयारीमा छन् । यहि तयारीको बीचबाट उनको संगीतमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ ।
‘आँखाभरी आँसु’ बोलको ठकुरीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित गायिका अन्जु पन्तले आवाज दिएकी छिन् । उनिश हमाल ठकुरीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् ।
आँखाभरीको म्यूजिक भिडियो