साप्ताहिक संवाददाता
कार्तिक १७, २०७४
अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाईजोडीका रुपमा प्रस्तुत गरिएको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । धेरै म्यूजिक भिडियो तथा केहि चलचित्रमा समेत जोडीका रुपमा रुचाइएका पल र आँचलको जोडीलाई सार्वजनिक गीतको म्यूजिक भिडियोमा पनि निक्कै सुन्दर रुपमा देखाईएको छ ।
सहदेव अर्यालको शब्द तथा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा एक युवकले कल्पना गरेकी युवतीको कथा देखाउँन खोजिएको छ ।
मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् ।
गीतको म्यूजिक भिडियो