साप्ताहिक संवाददाता
कार्तिक १८, २०७४
फोटो पत्रकारितामा सक्रिय नविनबाबु गुरुङले निर्देशन गरेको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोक राईको शब्द र राजेश पायल राइको स्वरमा रहेको गीत ‘के देखेथे एकै नजर’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक म्यूजिक भिडियोमा सागर थापा र सब्बु गुरुङले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई सतिस श्रेष्ठले सम्पादन गरेका हुन् । दिनेश सुब्बाको संगीत रहेको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ ।
के देखेथे एकै नजरको म्यूजिक भिडियो