शेरेले भगवान् शिवको तपस्या पूरा गरेपछि भगवान् प्रकट भै वरदान माग्न भनेछन् ।
शेरेले भनेछ : हे भगवान्, यो संसारमा बच्चा पाउँदा महिलालाई धेरै नै पीडा हुन्छ । त्यसैले अब बूढीलाई जति पीडा हुन्छ त्यो पीडा बूढा–बूढीलाई आधा–आधा हुनुपर्छ अनि मात्र बूढाले बूढीको इज्जत गर्न सिक्छन् ।
भगवान शिवले तथास्तु भनेछन् ।
त्यसको केही महिनामा शेरेकी बूढीलाई सुत्केरी व्यथा लागेछ । बूढीसँगै शेरे पनि छेउमा पल्टियो आधा पीडा लिन । बूढी पीडाले चिच्याउन थाली तर शेरेलाई केही पनि भएन । शेरे बूढीको पीडा हेर्न नसकेर भगवान्ले पनि झूटो वरदान दिएछन् भन्दै रिसाएर बाहिर निस्किँदा त पल्ला घरको वीरे पो आँगनमा मरें–मरें भन्दै छट्पटिदै रै’छ ।
शेरे ठाउँको ठाउँ बेहोस
शेरे, मुन्द्रे अनि धुर्मुसे एक दिन पिकनिक खान गएछन्, तर उनीहरूले कोक लान बिर्सिएछन् अनि शेरेलाई कोक लिन पठाउने निर्णय गरेछन् तर शेरे एउटा सर्तमा मात्र जान मान्ने भएछ ।
शेरे : म कोक लिन त जान्छु, तर म कोक लिएर न आउन्जेल त्यो मासु कसैले नखानु, हात पनि नलगाउनु नि !
दुवै : हुन्छ, हुन्छ......छिटो आइज नि ।
शेरे त्यहाँबाट हिँडेछ ।
एक घण्टा भयो शेरे आएन
दुई घण्टा भयो शेरे आएन
तीन घण्टा भयो शेरे आएन
मुन्द्रे : हेर् धुर्मुसे, तीन घण्टा भैसक्यो शेरे आएन, कति पर्खनु ? अब यो मासु खानुपर्छ ।
धुर्मुसे : ल, ल अब खाऊँ ।
दुवैले मासु खान मात्र आँटेका हुन्छन्, रूखपछाडि लुकिरहेको शेरे अगाडि आएर भनेछ ।
शेरे : मलाई थाहा थियो, तिमीहरू म गएपछि मासु खान्छौ भन्ने कुरा । त्यही भएर मैले यहीँ लुकेर हेरिरहेको थिएँ । यदि तिमीहरू यस्तो गर्छौ भने म कोक लिन जान्नँ, तिमीहरू आफैं जाओ, म यहीँ बस्छु ।
खडानन्द र हरिबोलले दुईवटी युवतीलाई जिस्क्याउँदै पिछा गरे रक्षाबन्धनको दिन ।
ती युवतीले पसलमा पसेर २ वटा राखी किनेर खडानन्द र हरिबोललाई बाँधिदिइन् ।
खडानन्द : केही छैन हरिबोल, म तेरी बहिनीसँग बिहे गर्छु, तँ मेरी बहिनीसँग बिहे गर ।
कृषिमन्त्री खडानन्द किसानको खेतमा ।
खडानन्द : यो के–को खेती हो ?
किसान : यो कपास खेती हो हजुर, यी कपासका बोट हुन् । यसबाट कपडा बनाइन्छ ।
खडानन्द : अच्छा, ठीक छ, यसमध्ये सुरुवालको कपडा फल्ने कपासको बोट चाहिँ कुन हो त भाइ ....???
खडानन्द र साथी ।
खडानन्द : एउटा सोझो र सरल मानिसलाई आखिर के चाहियो र यार ?
एउटी असल पत्नी, जसले माया गर्न जानोस्
एउटी असल पत्नी, जसले राम्रो खाना बनाउन जानोस्
एउटी असल पत्नी, जसले बालबच्चाको राम्रो हेरचाह गरोस् ....
साथी : अनि अरु ....?
खडानन्द : अनि अरु त के यार ? ती तीनवटै पत्नी मिलिजुली बसून् ....त्यही त हो यार †