साप्ताहिक संवाददाता
कार्तिक २१, २०७४
लोकप्रिय कलाकारका नक्कली फेसबुक एकाउन्ट बन्ने क्रम नरोकिँदा कलाकारहरू आजित हुन थालेका छन् । पछिल्लो समय अभिनेत्री पूजा शर्मा नक्कली फेसबुक एकाउन्टको शिकार भएकी छिन् ।
चलचित्र प्रेमगीत तथा म यस्तो गीत गाउँछु सफलतासँगै दर्शकको नजरमा परेकी अभिनेत्री पूजा शर्मालाई यतिबेला आफ्नै प्रशंसकले अप्ठ्यारोमा पारेका छन् । एक जना प्रशंसकले आफ्नो नक्कली फेसबुक एकाउन्ट बनाएर गलत काम गर्न थाले पछि पूजा आत्तिएकी हुन् ।
त्यसो त फेसबुकमा पूजाका दुई दर्जनभन्दा बढी नक्कली एकाउन्ट छन् । पूजाले आफ्नो नाममा खोलिएका नक्कली एकाउन्ट बन्द गर्न अपिल नै गरेकी छिन् । पूजासँगै अभिनेत्रीद्वय आँचल शर्मा तथा नम्रता श्रेष्ठको नामबाट पनि दुई भिन्न एकाउन्ट खोलिएका छन् र ती दुवै एकाउन्ट पनि नक्कली हुन सक्ने बताइएको छ ।