खडानन्द र पत्नी बिहान उठे ।
पत्नी : मेरा लागि नास्ता बनाइदेऊ खडु ।
(खडानन्द चुपचाप घरबाट बाहिर निस्किए ।)
पत्नी : कहाँ जान लाग्या ? नास्ता बनाइदेऊ भन्या, सुनेनौ ?
खडानन्द : वकिलकहाँ जान लाग्या, तिमीसँग सम्बन्धविच्छेद गर्नु छ ।
(खडानन्द एक घण्टापछि आएर चुपचाप नास्ता तयार गर्न थाले)
पत्नी : के भयो त डिभोर्सको कुरा....?
खडानन्द : वकिललाई भेट्न गा’ को, ऊ त भाँडा माझिरहेथ्यो, व्यस्त रै’छ ।
कलेजमा खडानन्दलाई एउटी केटीले सीधै ‘आई लभ यू’ भनी ।
खडानन्द : तिम्ले ममा त्यस्तो के खुबी देख्यौ ? सीधै ‘आई लभ यू’ भन्छ्यौ त ....?
केटी : त्यस्तो केही होइन, अस्ति यही बाटो हिँड्दा तिमी लुगा धुँदै थियौ, हिजो भाँडा माझ्दै थियौ, आज खाना पकाउँदैछौ ....त्यही भएर ।
खडानन्द र साथी ।
साथी : आफूलाई सबैभन्दा असुरक्षित कतिबेला महसुस गर्छौ खडु ?
खडानन्द : ढोकामा छेस्किनी नभा’को ट्वाइलेटमा बस्या बेला ।
खडानन्द र साथी ।
साथी : मान्छे, आफ्नै बेवकुफीमा खुसी हुने, रमाउने दिन कुन हो थाहा छ खडु ?
खडानन्द : आफ्नै बिहेको दिन नि !
जीएफ : तिमी के काम गर्छौ खडु ?
खडानन्द : समाजसेवा ।
जीएफ : वाउ ! समाजसेवी पो रै’छौ त, के गर्छौ समाजका लागि...?
खडाननन्द : महिनामा एकपल्ट मात्र नुहाउँछु र पानी बचाउँछु समाजका लागि ।
खडानन्द र जीएफ
खडानन्द : ठूलो घर किन्दिन्छु तिम्लाई, कार किन्दिन्छु, सुनै सुनले झकिझकाउ पार्दिन्छु ।
जीएफ : भरे पार्कमा त आउँछौ होला नि भेट्नलाई (फोनमा) ...?
खडानन्द : अँ, आउँला साथीले बाइक दियो भने ।