कार्तिक २२, २०७४
बलिउडको पछिल्लो चलचित्र गोलमाल अगेन व्यवसायिक रूपमा सफल भएको छ । निर्मातासहित वितरकले समेत पैसा कमाउन थालेको उक्त चलचित्रका लागि मुख्य कलाकार तथा निर्देशकले लिएको पारिश्रमिक हालै मात्र सार्वजनिक भएको छ ।
समाचारमा जनाइएअनुसार चलचित्रको मुख्य अभिनेता अजय देवगणले २५ करोड भा.रु. पारिश्रमिक लिएका छन् भने अभिनेत्री तब्बुले साढे २ करोड भा.रु. बुझेको बताइन्छ । अभिनेत्री परिणिति चोपडाले २ करोड भा.रु. पाएकी छिन् ।
चलचित्रका तीन अभिनेता तुषार कपूर, कुणाल खेमू तथा श्रेयस तलपडेले २–२ करोड भा.रु. पारिश्रमिकका रूपमा प्राप्त गरेका छन् ।