कार्तिक २२, २०७४
कमिक क्यारेक्टरको लोकप्रियता आफ्नै किसिमको छ । अझ साइन्टिफिक फिल्म, भिडियो गेमहरूमा पनि अलौकिक क्यारेक्टर प्रस्तुत हुन थालेपछि कमिक क्यारेक्टरमा विविधतासमेत देखा पर्न थालेको छ ।
लन्डनको एक्ससेल सेन्टरमा हालै आयोजित कमिक कन महोत्सवमा हजारौं व्यक्ति आफूलाई मनपर्ने कमिक क्यारेक्टरका रूपमा प्रस्तुत भए ।
सन् १९६८ देखि नियमित रूपमा आयोजित हुँदै आएको यो महोत्सवमा सहभागीहरू स्पाइडरम्यानदेखि ब्याट्म्यानसम्म, मिक्की माउसदेखि ह्यारी पोर्टरसम्मको गेटअपमा प्रस्तुत भएका थिए ।