कार्तिक २३, २०७४
बलिउडका दुई अभिनेत्री हालै आमा बनेका छन् । अभिनेत्री इशा देओल तथा असिन आमा बनेका हुन् । ईशा देओल र भरत तख्तानीले हालै पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएका छन् ।
इशा आमा बनेको केही दिनपछि नै दक्षिण भारतीय अभिनेत्री असिन पनि आमा बनेको खबर सार्वजनिक भएको छ ।
असिनले अक्टोबर २४ का दिन छोरीलाई जन्म दिएकी थिइन् । असिन तथा उनका श्रीमान् राहुल शर्माले हालै आफ्नो जोडी बुवा–आमा बनेको समाचार सार्वजनिक गरेका थिए ।