साप्ताहिक संवाददाता
कार्तिक २४, २०७४
गायक आनन्द कार्की नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएका छन् । उनको नयाँ गीत ‘फुल्न त फुल्यौँ’ को म्यूजिक भिडियो हालसालै रिलिज भएको छ ।
सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत, आनन्द कार्कीको स्वर र घनबाहादुर थापा मगरको शब्द रहेको छ ।
प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको म्युजीक भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा मोडल अनिल थापा, सृष्टिी र पुराना कलाकार उमेश मायालुको अभिनय रहेको छ ।
म्युजीक भिडीयोमा सौरव पराजुलीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
फुल्न त फुल्यौँको म्यूजिक भिडियो
UUUUUU