साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७४
रोल्पाका कवि तथा गीतकार दामु मर्सिफुलको नयाँ गजल सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत तथा श्रेयषी चेम्जोङ्को स्वर रहेको उक्त गजलको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । ‘हजार जन्म जन्ममा समिप बन्न पाउँ म, अतृप्त प्यारमा परें, खुलेर भन्न पाउँ म’ बोलको गजल सार्वजनिक भएको हो ।
लामो समयदेखिको सन्तोष र दामुको सांगीतिक सहयात्रा यो गजलमा पनि देखिएको छ । सार्वजनिक म्यूजिक भिडियोमा दीप दर्पण र सचिता शाहीले अभिनय गरेका छन् । कपिल लामाको निर्देशन रहेको म्यूजिक भिडियोमा राजेश घिमिरेको छायाँकन तथा अमर शाक्यको सम्पादन रहेको छ ।
हजार जन्म जन्ममा समिप बन्न पाउँ मको म्यूजिक भिडियो