बेलायती फेसन ब्लगर सोफी हनाह रिचर्डसनले महिलाले काखीको मेकअप कसरी गर्ने भन्ने विषयमा बनाएको भिडियो तथा तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भैरहेको छ । ब्युटी एक्सपर्टका रूपमा सक्रिय सोफीले आफ्नो ब्लगमार्फत नयाँ फेसन ट्रेन्डहरू प्रस्तुत गर्दै आएकी छिन् ।
यसपटक उनले धेरै महिला आफ्नो काखीको रौं देखाउन चाहँदैनन् तर स्लिभलेस लगाएर हिँड्न चाहन्छन् । यस्तो अवस्थामा (काखीको रौं हटाउन नसकेको अवस्थामा) कसरी मेकअप गरेर काखीलाई अझ आकर्षक देखाउने भन्ने उपाय प्रस्तुत गरेकी थिइन् ।
काखिमा केही टाँसिने पदार्थ राखेर सिताराहरू छर्दा रौं छोपिनुका साथै नयाँ किसिमले आकर्षक देखिने कुरा प्रस्तुत गरेको फोटो इन्स्टाग्राममा अपलोड भएको केही समयमै भाइरल भयो । तस्बिर भाइरल मात्र नभएर उनका फलोअरहरूले पनि त्यस्तै किसिमले काखीको मेकअप गरेर फोटो अपलोड गरे ।
केही साताअघि नाकको रौंलाई कसरी आकर्षक देखाउने भन्ने विषयमा सोफीद्वारा निर्मित यस्तै किसिमको एउटा भिडियोसमेत भाइरल भएको थियो ।