साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७४
नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । १९ वर्षे दिपेनको बिहीबार बिहान ७: १५ बजे निधन भएको हो । हाँस्य टेलिश्रृफ्ला ‘झ्याइकुटी झ्यााई’ मा निर्वाह गरेको दिपेन सरको भूमिकाले उनलाई चर्चामा पुर्याएको थियो । उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।
नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारोको क्यान्सर रोगबाट पीडित थिए । उनको उचाई ३१ इञ्च थियो । धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।