साप्ताहिक संवाददाता
मंसिर १, २०७४
झापाका गायक नवीन खतिवडाको पहिलो गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक खतिवडाकै शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन् । ‘चोट खाएँ, ठक्कर खाएँ, निन्द्रैमा बडबडाए ।
तिम्रै निम्ति भनि मैले एउटा गीत गाएँ...’ बोलको गीतको म्युजिक भिडियोमा एक प्रेम जोडीबीच सानो कुरामा असमझदारी भएको घटना देखाइएको छ । किर्तिपुर क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री बर्षा शिवाकोटीलाई अभिनेता सौरभ अधिकारीले साथ दिएका छन् ।
अर्जुन तिवारीको छायांकन, भरत रेग्मीको सम्पादन रहेको म्युजिक भिडियोको निर्देशन सुव्रतराज आचार्यले गरेका हुन् ।